दार्चुला । दार्चुला, बैतडी सहित देशभर सामूहिक रुपमा होली खेल्न रोक लगाइएको छ ।
नेपाल सरकार गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक सूचना जारी गर्दै सामूहिक रुपमा होली खेल्न रोक लगाइएको जानकारी गराएका छन् ।
कोरोना भाईरसको जोखिम बढ्दै गएकाले सामूहिक रुपमा होली खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
छिमेकी देश भारतमा कोरोनाको दोश्रो लहर फैलिएको र नेपालमा उच्च जोखिम रहेकाले भीडभाड हुने खालका कार्यक्रममा रोक लगाइएको हो ।
यस्तै कोरोना भाईरसबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यसपालीको होली घर, परिवारसंग मनाउन तथा धेरै मानिस सहभागि भएर भिडभाड हुने अवस्था सिर्जना नगर्न स्थानीय प्रशासनको अनुरोध छ ।





प्रतिक्रिया