दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका ७ का वडा अध्यक्ष भरतबहादुर महरा फेरी शंकास्पद रुपमा फेला परेका छन् ।
गएको साता खोचलेकको एक होटेलमा महिलासंग शंकास्पद रुपमा फेला परेको भन्दै प्रहरीले वडा अध्यक्षलाई नियन्त्रणमा लिएको एक साता नबित्दै फेरी उनै महिलाको घरमा वडा अध्यक्ष भेटिएका हुन् ।
दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएकी ती महिलाको घरमा वडा अध्यक्ष महरा आएको खबर पाएपछि स्थानीयहरुले वडा अध्यक्ष महरालाई नियन्त्रणमा लिएर प्रहरीले बुझाएका हुन् ।्
बिहीबार राती वडा अध्यक्षलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको सित्तडका स्थानीयहरुले बताएका छन् ।
बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले दुवै जनालाई नियन्त्रणमा लिएको बताउनुभएको छ ।
उहाँका अनुसार गाउँलेले वडाध्यक्ष र ती महिलामाथि कुटपिटसमेत गरेका छन् । ती महिला एकल रहेकी पनि बताइएको छ ।
यसअघि वडाध्यक्ष महरा खोचलेक बजारको एक होटेलमा ती महिलासँग शंकास्पद रुपमा भेटिएका थिए भने उहाँकी श्रीमतीले प्रहरीलाई सूचना दिनुभएको थियो ।
प्रहरीले वडाध्यक्षकी श्रीमतीले शंकाको भरमा सूचना दिएको र उहाँले भनेजस्तो नपाइएको भन्दै नियन्त्रणमा लिएपछि छोडेको थियो ।





प्रतिक्रिया