बैतडी । बैतडीमा गोली लागेर एकजना घाइते भएका छन् ।
जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ३ ढडौनका लक्ष्मण चन्द घाइते भएका हुन् ।
लक्ष्मणले आँफैले आँफैलाई गोली हानेको भन्ने कुरा बाहिर आएको तर थप पुष्टि हुन बाँकी रहेको मेलौली नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रघुवीर सिंह भाटले जानकारी दिनुभयो ।
शुक्रबार राती ३ बजेतिर गोली लागेर घाइते भएका चन्दलाई शनिबार जिल्ला अस्पताल पुर्याएकोमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । घाइते लक्ष्मणको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।
यो बिषयमा जानकारी आएपछि प्रहरी घटनास्थल तर्फ बुझ्न गएको र प्रारम्भिक जानकारी लक्ष्मणलाई आफ्नै कारणले गोली लागेको कुरा आएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
लक्ष्मणलाई कसरी गोली लाग्यो, आँफैले गोली हानेको वा अन्य केही गर्दा गोली लागेको हो भन्ने कुरा पछि थाहा हुने उहाँले बताउनुभयो





प्रतिक्रिया