बैतडीको सिगासमा फलाम खानी भेटियो

दार्चुला । बैतडीमा फलाम खानी भेटिएको छ । जिल्लाको सिगास गाँउपालिका वडा नम्बर १ जुकेपानीमा फलाम खानी भेटिएको हो ।

वडाको दाब तथा ढणारीगाड, उत्तरमा जयपृथ्वी राजमार्ग बृन्दावनबाट करिब ३ किलोमीटरभित्र र दक्षिणमा खरक्यौडा भन्ने स्थानको बिचमा फलाम खानी भेटिएको जनाइएको छ ।

सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चिनको संयुक्त साझेदारीमा गाउँपालिका र वडा नम्बर १ को कार्यालयसंग दुई वर्ष पहिले सम्झौता गरी यही चैत्र ८ गतेबाट काम सुरु गरिएको बताइएको छ ।

सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करिब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?