बझाङमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

दार्चुला । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बझाङमा शिक्षक पक्राउ परेका छन्।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ की १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३१ वर्षिय शिक्षक पक्राउ परेका हुन्।

वडा नम्बर ६ नौरामा रहेको भवानी माद्यामिक विद्यालयमा अध्यनरत १४ वर्षीया बालिकालाई सोही विद्यालयकै शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको बझाङ प्रहरीले जनाएको छ।

शनिबार एक्लै पानी भर्न गएकी बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको प्रहरीले बताएको हो। जिल्ला प्रहरी कार्यालय बझाङले शिक्षकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?