इङ्ग्ल्याण्डसँगको तेस्रो एक दिवसीय क्रिकेटको उपाधि भारतलाई

दार्चुला । इङ्ग्ल्याण्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला भारतले जितेको छ ।

घरेलु मैदान पुनेमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ रनले पराजित गर्दै श्रृङ्खला जितेको हो।

भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।

यसअघि भारतले निर्धारित ओभरको १० बल बाँकी छँदै सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्त, हार्दिक पाण्डेय र शिखर धवनले अर्धशतकीय पारी खेलेका थिए । इङ्ग्ल्याण्डले यसअघि भएको टेष्ट र ट्वान्टी(ट्वान्टी श्रृङ्खला पनि हारेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?