अत्तरीयाबाट दार्चुला आउँदै गरेको जिप बैतडीमा दुर्घटना

दार्चुला । अत्तरीयाबाट दार्चुला आउँदै गरेको बोलेरो जिप बैतडीमा दुर्घटना भएको छ ।

अत्तरीयाबाट दार्चुलाका लागि छुटेको भे १ च ३५११ नम्बरको जिप महाकाली लोकमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा नजिकै दुर्घटनामा परेको हो ।दुर्घटनामा ३ जना सामान्य घाइते भएको बैतडी प्रहरीले जनाएको छ ।

आज बिहान साढे ५ बजेतिर जिप दुर्घटना हुँदा जिपमा सवार साहु समेत रहेका दार्चुलाको अपिहिमाल गाउँपालिका ५ का जनकसिंह धामीको बाँया हातमा चोट लागेको र जिपमा सवार अन्य दुईजना पनि समान्य घाइते भएका खोचलेक प्रहरीले जनाएको छ ।

जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति हुन नपाएको प्रहरीको भनाई छ । । जिपमा चालक सहित चारजना सवार रहेका थिए ।

चालक विरेन्द्र धामी भने फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?