दार्चुलाका २ स्थानीयतहले शिक्षण संस्थाहरु बन्द नगर्ने

दार्चुला । दार्चुलाका दुई वटा स्थानीयतहले शिक्षण संस्थाहरु बन्द नगर्ने निर्णय गरेकाछन् ।

वायु प्रदुषणका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार (आज) देखि चार दिन सम्म देशभरीका सम्पुर्ण शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरे पनि दार्चुलाको महाकाली नगरपालिका र दुहुँ गाउँपालिकाले शिक्षण संस्थाहरु नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

महाकाली नगरपालिका र दुहुँ गाउँपालिकाले नियमित रुपमै शिक्षण संस्थाहरुमा पठन पाठन हुने जनाएका छन् ।

जिल्लाको महाकाली नगरपालिका र दुहुँ गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वातावरणीय प्रतिकुलता नदेखिएकाले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरु पूर्ववत् रुपमै सुचारु हुने जनाएका छन्।

जिल्लाका अन्य स्थानीयतहहरुले भने मन्त्रालयको निर्देशन अनुसार विद्यालयहरु बन्द गरिएको जनाएका छन् ।

यस्तै वायु प्रदुषण बढेको भन्दै सरकारले गरेको देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय विवादमा परेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरूको हिजो बसको बैठकले मंगलबार देखि चैत २० गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।

उक्त निर्णय मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति निकालेर जानकारी गराएलगत्तै कतिपय स्थानीय तहहरूले सूचना जारी गरेर विद्यालय बन्द नहुने बताएका थिए ।

दार्चुलाका संगै देशभरका विभिन्न स्थानीय तहहरुले आफ्नो क्षेत्रका विद्यालयहरुमा नियमित पठन पाठन जारी राखेका छन ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?