शिक्षक संगठनको ५ पालिकामा अधिबेसन सम्पन्न, जिल्ला अधिबेसन बैशाखमा

दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको पाँच वटा स्थानीय तहमा पालिका कमिटी अधिबेसन सम्पन्न भएको छ । शिक्षक संगठन दार्चुलाको जिल्ला अधिबेशनको पुर्व सन्ध्यामा विभिन्न स्थानीय तहमा पालिकास्तरीय अधिबेसन आयोजना गरिएको छ । आगामी बैशाखमा जिल्ला अधिबेसन गर्ने तयारी स्वरुप शिक्षक संगठनले धमाधम गाउँ तथा नगर कमिटी अधिबेसन आयोजना गरिरहेको हो ।

शनिबार लेकम गाउँपालिका कमिटी अधिबेसन रिठाचौपातामा सम्पन्न भएको छ । शिक्षक संगठन लेकम गाउँपालिका कमिटीका तत्कालिन अध्यक्ष केशब बिष्ट (काजी) को अध्यक्षतामा आयोजित अधिबेसनमा शिक्षक संगठन सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नबराज ओझाको प्रमुख आतिथ्यता रहेको थियो ।

लेकम गाउँपालिकाको दोस्रो गाउँ कमिटी अधिबेसनबाट गणेश माबि गाणागाउँका शिक्षक चन्द्रदेब भट्टको अध्यक्षतामा १३ सदस्यिय कमिटी चयन गरिएको छ । समितिको उपाध्यक्षमा कृष्णदत्त बिष्ट, महिला उपाध्यक्षमा पावर्ती जोशी, सचिव हरिभक्त नाथ, कोषाध्यक्ष दिपक दमाइ, सहकोषाध्यक्ष मिना बोहरा र सहसचिवको जिम्मेवारी कबिता मिश्रले पाउनुभएको छ । यस्तै जयानन्द जोशी, अनिरुद्र भट्ट, परमानन्द जोशी, गोपालसिह धामी, कृष्णदेब जोशी र परमानन्द धामी सदस्य रहेका छन् ।

यसैबिच नेपाल राष्ट्रिय शिक्षक संगठन मालिकार्जुन गाउँपालिका कमिटीको अध्यक्षमा लालसिह धामी चयन हुनुभएको छ । शनिबार (आज) भएको नेपाल राष्ट्रिय शिक्षक संगठन मालिकार्जुनको दोस्रो अधिबेशनले शिक्षक धामीलाई अध्यक्षमा चयन गरेको हो । धामीको अध्यक्षतामा १७ सदस्यीय समिति पनि चयन गरिएको छ । जसमा उपाध्यक्षमा पुरुषोत्तम अवस्थी, महिला उपाध्यक्षमा मोतिमा सामन्त, सचिवमा हरसिंह धामी, कोषाध्यक्षमा लालसिंह चैसिर, सह सचिवमा मान सिंह धामी र सह कोषाध्यक्षमा राम सिंह महर सहित १७ सदस्यिय समिति गठन गरिएको नव निर्वाचित अध्यक्ष धामीले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाका हरक सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको दोस्रो अधिबेशनबाट नयाँ कार्यसमिति चयन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी अपिहिमाल गाउँपालिकामा पनि नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिबेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । अधिबेशनबाट बसन्त सिंह रोकायको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्षमा भवान दत्त भट्ट, महिला उपाध्यक्षमा गौरी धामी, सचिवमा गोबर्धन सिंह धामी कोषाध्यक्षमा दमन सिंह बोहरा, सह–सचिवमा हरिना जोशी रहने गरी नयाँ नेतृत्व चयन गरिएको हो ।

यसअघि मार्मा गाउँपालिका र ब्याँस गाउँपालिकामा शिक्षक संगठनको अबिधबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भइसकेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मार्मा गाउँपालिकाको अध्यक्षमा शिक्षक बिरेन्द्र महरा चयन हुनुभएको छ । एक साता अधि अध्यक्ष बिरेन्द्र महरा रहने गरी मार्मा गाउँपालिकामा १९ सदस्यीय शिक्षक संगठनको कार्यसति चयन गरिएको थियो । मार्मामा उपाध्यक्षमा रामदत्त पन्त, महिल उपाध्यक्ष अम्बिका बिष्ट, सचिवमा बसन्तराज जोशी, कोषाध्यक्षमा गोपाल सिंह बोहरा चयन भएका छन् । यस्तै व्यास गाउँपालिकामा पदमराज भट्टको अध्यक्षतामा शिक्षक संगठनको गाउँपालिका कमिटी चयन गरिएको छ ।

अहिलेसम्म पाँच वटा स्थानीय तहमा अधिबेसन सम्पन्न भइसकेको छ भने चार वटा स्थानीय तहमा अधिबेसनको तयारी भइरहेको छ । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहुँ गाउँपालिका र व्यास गाउँपालिकामा छिटै अधिबेसन सम्पन्न गर्दै जिल्ला अधिबेसनको तयारी थाल्ने विषयमा छलफल भइरहेको शिक्षक संगठन मार्मा गाउँपालिका कमिटी अध्यक्ष बिरेन्द्र महराले बताउनुभयो । चैत महिनाको अन्तीममा जिल्ला कमिटी बैठक बसेर जिल्ला अधिबेसनको बारेमा थप छलफल गरिने उहाँले बताउनुभएको छ ।

यसअघि गोकुलेश्वरमा बसेको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी तथा पालिका कमिटीको संयुक्त बैठकले स्थानीय तह अधिबेशनको मिति तय गरेको थियो । पालिका कमिटीको चैत्र २१ देखि २३ गतेसम्म अधिबेशन गरिसक्ने र बैशाख महिनासम्म जिल्ला अधिबेशन गरिसक्ने शिक्षक संगठनको तयारी छ । तर केहि पालिकाहरुमा पालिका अधिबेसन समयमै सम्पन्न नहुने सम्भावना बढेको छ । ढिलोमा यो महिनाभित्र पालिका अधिबेसन सम्पन्न गरेर बैसाख महिनामा जिल्ला अधिबेसन गर्ने तयारी रहेको शिक्षक संगठन दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?