बैतडीमा आगलागीबाट घर जलेर नष्ट, करिब ८ लाखको क्षति

दार्चुला । बैतडीको सिगास गाउँपालिकामा आईतबार बिहान आगलागि हुदा एक घर जलेर नष्ट भएको छ ।

सिगास गाउँपालिका वडा नम्बर १ बसेडा स्थित महेन्द्र बहादुर कुवरको घरमा आगलागी भएको हो ।

शनिबार साँझ ४ बजे पातल सामुदायिक वनमा लागेको आगो आईतबार बिहान ६ बजेतिर एक्कसी घरमा लागेको घरधनी महेन्द्र बहादुर कुवरले जानकारी दिनुभयो । घर जलेर नष्ट भएको र आगो अहिले सम्म नियन्त्रणमा नआउदा अरुघरमा पनि लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आगो निभाउन प्रयाप्त पानी नहुँदा नियन्त्रमा ल्याउन नसकिएको बताइएको छ ।

पत्तथर र खरले छाएको ४ कोठे घर तथा सरसमान जलेर नष्ट हुँदा करिब ८ लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको घरधनी कँुवरले जानकारी दिनुभयो ।

गाजरी प्रहरीचौकी बाट प्रहरी हवल्दार अम्मर बहादुर खड्काको नेतृत्वमा ३ जानको टोली घटानस्थलमा खटिएको र थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?