नवदुर्गा मन्दिरमा लडेर एक जनाको मृत्यु

दार्चुला । कञ्चनपुर जिल्लामा मन्दिरमा पूजा गर्न गएका एक जनाको लडेर मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ९ धनसिया बस्ने ४३ वर्षीय सर्बे सुनारको आइतबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार मृतक सुनार र उनकी श्रीमती बेलमति सुनार आइतबार विहान घरदेखि २ सय मिटर टाढा रहेको नवदुर्गा मन्दिरमा पूजा गर्न गएका थिए।

मन्दिर परिक्रमा गर्ने क्रममा सर्बे सुनार लडेर बेहोस भएको बताइएको छ। उपचारको लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?