दार्चुला । नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट एक युवतीसंग शंकास्पद रुपमा फेला परेका छन् । दोगडाकेदार गाउँपालिका ७ घर भएका भट्ट सोही गाउँपालिका घर भएकी एक युवतीसंग शंकास्पद रुपमा फेला परेका प्रहरीले जनाएको छ ।
तरुण दल अध्यक्ष भट्ट र नेविसंघमा आवद्ध ती युवतीलाई मेलौली नगरपालिका २ सलेना बाग्गोठाबाट शंकास्पद रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, दुवै जना बास बस्नका लागि त्यहाँ पुगेका र राती हल्ला भएपछि उनीहरु त्यहाँबाट भाग्न खोजेछन् । त्यसपछि होटेल साहुले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौं ।
बुधबार राती दुवै जनालाई नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो । दुवैजनालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया