दार्चुला । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ।
भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो।
पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन।
सक्रिय सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसअघि दार्चुलामा समेत भारतबाट फर्किएका एक जना पुरुषमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।





प्रतिक्रिया