दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ का ४६ वर्षीय ठगी साउदको खोजीमा गाँउनै निस्केको छ । कामको सिलसिलामा बझाङको दुर्गाथली गाँउपालिका २ जुजीमा मजदुरी गर्दै आएका ४६ वर्षीय ठगी साउद यही चैत्र २२ गते राती ११ बजे बेपत्ता भएका थिए । बेपत्ता भएको खबर पाएपछि खोजीमा गाँउ नै बझाङका बिभिन्न ठाँउमा पुगेको सुरेन्द्र सिह साउदले जानकारी दिनुभयो ।
दुर्गाथली गाउपालिकाका बिभिन्न झङ्गल हुदै गाँउगाँउमा सोध्दै हिन्ने गरेका छन् । गाँउबाट २५ जनाको समुहमा खोज तलासमा आएको र जुजीमा आएर ७–८ जनाको तीन वटा समुह बनाइ खोजतलास गर्दापनि नभेटिएको उहाले बताउनुभयो ।
प्रहरीलाई लिखित रुपमा पनि जानकारी गराएको भएपनि खोजतलासमा सहयोग नगरेको आफन्तले गुनासो गरेका छन ।
ठगी साउद २२ गते राती खाना खाएर सुतीरहेका बेला एक्कासी बाहिर गएर बेपत्ता भएको ठगी साउद सँगै काम गर्ने गमी सावदले बताउनुभयो । गत मंसीर २८ गते दैनिक ज्यालादारीमा काम गर्न बझाङ गएको थिए । उनको घरमा २ छोरा र श्रीमती छन ।





प्रतिक्रिया