दार्चुला । नेकपा एमालेको माधव समूहले सुदूरपश्चिम प्रदेश कमिटीको २३ र २४ गते बसेको विस्तारित बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । आइतबार प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै निलम्बित नेता भीम रावलले निर्णयहरू सार्वजनिक गर्नुभएको हो ।
पार्टीका सबै सङ्गठनहरू पुनर्गठन गर्ने, ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापालाई एक वर्ष निलम्बन गर्न सिफारिस गर्ने लगायतका निर्णयहरू सार्वजनिक गरीएको छ । समानान्तर कमिटीको नामावली समेत सार्वजनिक गरीएको छ । जसअनुसार कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारालामा तामाङ, उपाध्यक्ष जीवनराज थापा, सचिव रण बहादुर महरा, उप सचिव रवीन्द्र कुँवर र कार्यालय सचिवमा मोहनसिंह रावल चयन भएका छन् ।
बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगन बहादुर रावल, सचिव पुर बहादुर राउत, उप सचिव निर बहादुर शाही रहेका छन् । बैतडी जिल्ला कमिटी अध्यक्षमा महादेव भट्ट, उपाध्यक्ष कृष्ण साउद, सचिव हर्क बहादुर धानुक, उप सचिवमा गौरीदत्त भट्टले जिम्मेवारी पाएका छन् ।
अछाम जिल्ला कमिटी अध्यक्षमा शेर बहादुर कुँवर, उपाध्यक्ष नन्द बहादुर कडायत चयन भएका छन् । कैलालीमा दीर्घ सोडारीले पार्टी अध्यक्षको जिम्मेवारी पाएका छन् । यस्तै डडेल्धुरा जिल्ला कमिटी अध्यक्षमा डा.तारा जोशी, उपाध्यक्ष वीरेन्द्र बहादुर बस्नेत, सचिव धन बहादुर साउद, उप सचिव शन्तुकला नगरकोटीलाई चयन गरीएको छ ।
डोटी जिल्ला कमिटी अध्यक्षमा चक्र बहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा, उप–सचिव मञ्जु मलासी र कार्यालय सचिवमा खड्क बहादुर कठायतले जिम्मेवारी पाएका छन् । बझाङ जिल्ला कमिटी अध्यक्षमा दिल बहादुर सिंह, उपाध्यक्ष इन्द्र बहादुर भण्डारी, सचिव दमन बहादुर भण्डारी, उप–सचिव धन बहादुर बोहरा र कार्यालय सचिवमा सुरत बहादुर सिंह लाइ चयन गरीएको छ ।
दार्चुला जिल्लाको जिम्मेवारी पछि तोकिने माधव समूह प्रदेश कमिटीले जनाएको छ ।
यसैबिच नेकपा एमालेका निलम्बित नेता भीम रावलले आफूलाई गरिएको कारबाही अवैध भएको बताउनुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै उहाँले ’पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर आफूलाई कारबाही गरेको बताउनुभयो ।
‘अध्यक्ष ओली आफै अवैध अध्यक्ष हुन, रावलले भन्नुभयो, भएकाले मलाई गरेको कारबाही पनि अवैध हो,मैले सुनेको छु,सांसद पद जान्छ भन्दै धेरैलाई धम्काइँदै छ,त्यो गलत हो हामी एमालेमै छौँ हामी कसैको सांसद पद जाँदैन ढुक्क हुनुस्।’
पार्टीको नवौँ अधिवेशनबाट निर्वाचित व्यक्तिहरूलाई आफू मन लागी हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको समेत उहाँले जिकिर गर्नुभयो ।
पार्टीलाई एक ढिक्का बनाउन देशभर सङ्गठन बिस्तार गरिने रावलले बताउनुभयो । पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझ्दो भएको भन्दै फागुन २८ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावल र माधव नेपाल लगायत नेताहरुलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गर्नुभएको थियो ।





प्रतिक्रिया