दार्चुला । बैतडीका थप दुईजनामा कोरोना पुष्टि भएको छ ।
भारतबाट फर्केका थप दुई जनामा झुलाघाट नाकामा एन्टीजेन विधिबाट परिक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको झुलाघाट हेल्थडेस्कमा कार्यरत हेल्थ असिष्टेन्ट धर्म विकले जानकारी दिनुभयो ।
भारतको नयाँ दिल्लीबाट फर्केका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ८ का २८ बर्षीय पुरुष र दशरथचन्द नगरपालिका वडा नम्बर ९ का २४ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । यो संगै बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या १० पुगेको छ ।
भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिकको सीमा नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षण हुँदै आएको छ । अहिले सम्म सीमा नाकाबाट फर्केका ३ सय ३६ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हेल्थ असिष्टेन्ट विकले जानकारी दिनुभयो ।





प्रतिक्रिया