कैलालीमा कोरोना सङ्क्रमितको उपचारका क्रममा निधन

दार्चुला । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का एक पुरुषको कोभिड सङ्क्रमणका कारण निधन भएको छ । सेती प्रादेशिक अस्पतालमा आइतबार भर्ना भई भेन्टिलेटरमा उपचार गराइरहेका ५० वर्षीय पुरुषको सोमबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले अस्पताल ल्याउदा नै सिकिस्त बिरामी रहेका उहाँको भर्नासँगै भेन्टिलेटरमा राखी उपचार गरिए पनि श्वास प्रश्वासमा समस्या आई कडा खालको निमोनियाका कारण निधन भएको बताउनुभयो ।

सेती प्रादेशिक अस्पतालमा कोभिडका अन्य तीन जनाको उपचार भइरहेको जनाइएको छ । एकजनाको भेन्टिलेटर, एकजना आईसीयू र एकजनाको आईसोलेसनमा राखेर उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय कोभिड संक्रमण सकृय रुपमा फैलिदै गएको अवस्थामा परीक्षणको दायरा भने बढ्न सकेको छैन। सेती प्रादेशिक अस्पतालमा नियमित स्वाब संकलन केन्द्रमा गरिएको परिक्षण बाहेकका स्थानीय तहबाट स्वाब संकलन गरी पठाउने गरिएको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?