आईपीएल : राजस्थान रोयल्स र  पन्जाब भिड्दै

दार्चुला । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज (सोमबार) राजस्थान रोयल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुदैछ ।

मुम्बईमा हुने राजस्थान र पन्जाबबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुबै टिमको यो पहिलो खेल हो । दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।

राजस्थान सन्जु सामसनको कप्तानीमा मैदान उत्रने छन् । राजस्थानको टिममा बेन स्टोक्स, जोस बट्लर, क्रिस मोरिस जस्ता खेलाडीको साथ रहनेछ ।

पन्जाब हरेक संस्करणमा बलियो टिमको रुपमा रहदै आएको छ । लोकेश राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबसँग क्रिस गेल,मायांक अग्रवाल, मोहमद शामी, निकोलस पुरन जस्ता खेलाडीको साथ हुनेछ ।

पछिल्लो पाँच खेलमा राजस्थानले ३ र पन्जाबले २ खेल जितेको छ । अघिल्लो संस्करणको दुई भेटमा राजस्थानले जित निकालेको थियो । त्यस अघिको संस्करणमा भने पन्जाबले दुबै खेल जितेको थियो ।

सम्भावित टिम

राजस्थान : बेन स्टोक्स,मनन भोरा, सन्जु सामसन, जोस बट्लर,रियाँ पराग, शिबम डुबे, क्रिस मोरिस, राहुल टेवाटिया, श्रेयस गोपाल, एन्ड्रयु टे,जयदेव उनाकड

पन्जाब : लोकेश राहुल, मायांक अग्रवाल, क्रिस गेल, निकोलस पुरन, मोइसेस हेन्रिक्स, साहरुख खान, सौरभ कुमार, रिले मेरेडिथ, रवी बिश्नोई,अर्शदीप सिंह, मोहमद शामी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?