आईपीएल : कोलकत्ता र मुम्बई भिड्दै

दार्चुला । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज मंगलबार कोलकत्ता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुदैछ ।

चेन्नईमा हुने कोलकत्ता र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

एमए चिदंबरम स्टेडियममा आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

आज कोलकत्ता लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा कोलकत्ताले सनराइजर्स हैदरावादलाई १० रनले हराएको थियो ।

इयान मोर्गनको कप्तानीमा रहेको कोलकत्ताले १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

साविक विजेता मुम्बई भने पहिलो जितको खोजीमा हुनेछ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो ।

दुई टिमबीचको पहिल्लो प्रतिस्पर्धामा मुम्बई बलियो देखिएको छ ।

पछिल्लो पाँच खेलमा मुम्बईले ४ र कोलकत्ताले १ खेल जितेको छ । अघिल्लो संस्करणको दुई भेटमा दुबै खेल मुम्बईले जितेको थियो ।

सम्भावित टिम :

मुम्बई – रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पाण्डय, केइरन पोलार्ड, कुर्नाल पाण्डय, राहुल चाहर, मार्को जानसेन, ट्रेण्ड बोल्ट, जस्प्रित बुम्राह

कोलकत्ता – शुबनम गिल, नितिश राना, राहुल त्रिपाठी, आन्द्रे रसेल, इयान मोर्गन, दिनेश कार्तिक, शकिब अल हसन, पाट कुमिन्स, प्रसिद्ध कृष्ण, हर्बजन सिंह, वरुण चक्रवर्ती

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?