आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पहिलो जित

दार्चुला । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ ।

दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गर्दै राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको हो ।

मुम्बईको वाङ्खडे मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरको खेलमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको राजस्थान रोयल्सले तीन विकेटको खेल बाँकी छँदै १४८ रनको लक्ष्य पूरा गर्दै १५० रन बनाएको हो हो ।

राजस्थानका लागि सबैभन्दा धेरै डेभिड मिलरले ६२ रनको योगदान गरेका थिए । पहिलो खेलमा राजस्थान पञ्जाब किग्ङ्ससँग चार रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?