दार्चुलाका ५५ विद्यालय राष्ट्रपति शैक्षिक सुधारका लागि छनोट (सूचिसहित)

दार्चुला । दार्चुलाका ५५ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् ।

महाकाली नगरपालिकाका १३ वटा, शैल्यशिखर नगरपालिका ५ वटा, अपिहिमाल गाउँपालिका ६ वटा, दुहुँ गाउँपालिकाका १२ वटा विद्यालय छनोट भएका छन् । यस्तै लेकम गाउँपालिकाका ७ वटा, मार्मा गाउँपालिकाका ५ वटा, मालिकार्जुन गाउँपालिकाका ३ वटा, नौँगाड र व्यास गाउँपालिकाका २/२ वटा विद्यालय छनोट भएका छन् ।

विद्यार्थीहरुको अनुपातलाई मध्यनजर गर्दै माग र आवश्यकताका आधारमा विद्यालय छनोट गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले पहिलो पटक राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रमका लागि देशभरीका ६ हजार ९ सय २१ वटा विद्यालयले आवेदन दिएका थिए । छानिएका विद्यालयलाई ६ लाख ५० हजारदेखि १ करोडसम्म बजेट उपलब्ध गराइएको छ ।

शिक्षा तथा मानव स्रोत केन्द्रले गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधिलगायत प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जनाएको छ । राष्ट्रपति कार्यालयमा दर्ता भई प्रधानमन्त्री कार्यालयमार्फत प्राप्त १८, सूचना अवधिमा राष्ट्रपति कार्यालयमा दर्ता भएका थप १ सय १ र केन्द्रको वेबसाइटमार्फत ५ हजार ५ सय ५७ र मन्त्रालयमा दर्ता गराएका १ हजार ३ सय ४५ गरी ६ हजार ९ सय २१ विद्यालयको आवेदन परेको थियो । उनीहरूबाट कार्यक्रमका लागि १४ अर्ब ३५ करोड १९ लाखबराबरको रकम माग भएको थियो । तर, मन्त्रालयले ५ अर्बको बजेटअनुसार ४ हजार २ सय ५० विद्यालयलाई छनोट गरेको जनाएको छ ।

मन्त्रालयले भौतिक पूर्वाधार विकास, मर्मत तथा संरक्षणका लागि ड्रइङ डिजाइन, लागत अनुमान हेरेको जनाइएको छ । लागत सीमा २५ लाखभन्दा बढी भएकोमा औचित्य समेत हेरी छनोट गरिएको छ । यसरी छनोट गर्दा विद्यालय प्रबलीकरण (रेट्रोफिटिङ) र लागत साझेदारीका लागि प्राप्त प्रस्तावलाई प्राथमिकतामा राखिएको छ । विद्यार्थी तथा शिक्षक संख्या, भौतिक पूर्वाधार आदि विवरणको अध्ययन विश्लेषण गरिएको छ ।

विद्यालय भवन निर्माणमा दुईदेखि चार कोठासम्म प्रति दुई कोठाका लागि १८ लाख अनुदान उपलव्ध गराइनेछ । प्रारम्भिक बालविकास, विज्ञान प्रयोगशाला, सूचनाप्रविधि प्रयोगशाला, पुस्तकालयका लागि भवन निर्माण गर्न एक ब्लक (दुई कोठा) बराबरको अनुदान १८ लाख उपलब्ध गराइनेछ । शौचालयका लागि ७ लाखका दरले, खानेपानी माग गर्ने विद्यालयलाई ७÷७ लाख अनुदान उपलब्ध गराइनेछ ।

शैक्षिक सामग्री व्यवस्थापन अन्तर्गत शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगका कम्प्युटर खरिद गर्न ५० हजारका दरले १० वटाका लागि रकम उपलब्ध गराइनेछ । ल्याबको फर्निसिङका लागि प्रति विद्यालय १ लाख ५० हजार गरी ६ लाख ५० हजार र गुणस्तरीय शिक्षाका लागि÷शिक्षण सिकाइमा नवीनतम प्रविधिको प्रयोगसम्बन्धी विषयमा ६ लाख ५० हजार दरले, सो भन्दा कम माग गर्ने विद्यालयलाई माग अनुसारको अनुदान उपलब्ध गराइने भएको छ । विज्ञान प्रयोगशाला सामग्री र पुस्तकालय सामग्रीका लागि आवेदन गरेका माविका लागि पनि ६ लाख ५० हजारका दरले अनुदान उपलब्ध गराइने भएको छ ।

दार्चुलाबाट छनोट भएका विद्यालयहरुको सूचि हेर्नुहोस

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?