आईपीएल : पन्जाब र चेन्नई भिड्दै

दार्चुला । ईन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल० मा आज पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुदैछ ।

मुम्बईमा हुने पन्जाब र चेन्नईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

वान्ग्खडे स्टेडियममा आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पन्जाब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ४ रनले हराएको थियो ।

चेन्नई भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा चेन्नई दिल्ली क्यापिटलससँग ७ विकेटले पराजित भएको थियो ।

दुई टिमबीचको पछिल्लो प्रतिस्पर्धामा चेन्नई हाबी हुँदै आएको छ ।

पछिल्लो पाँच खेलमा चेन्नई ४ खेल जितेको छ । अघिल्लो संस्करणको दुई भेटमा दुबै खेल चेन्नईले जितेको थियो ।

चेन्नई अंक तालिकाको पुछारमा रहेको छ ।

पन्जाब २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?