आईपीएल : चेन्नईले पञ्जाबलाई ६ विकेटले हरायो

दार्चुला ।  चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो ।

वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा मोइन अलिले ४६ रनको योगदान दिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ३६ रन बनाए ।

पन्जाबका मोहमद शामीले २ विकेट लिए । आश्रदिप सिंह र मुरुगान आश्विनले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

पन्जाबका लागि शाहरुख खानले सर्वाधिक ४७ रन बनाए । जे रिचार्डसनले १५ रन जोडे ।

यस्तै क्रिस गेल र दिपक होडाले समान १०/१० रन बनाए ।

चेन्नईका दिपक चाहरले ४ विकेट लिए ।

जितसँगै चेन्नईले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा चेन्नई दिल्ली क्यापिटलससँग ७ विकेटले पराजित भएको थियो ।

पन्जाबको यो पहिलो हार हो । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ४ रनले हराएको थियो ।

पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?