सिल्लेगडामा आफ्नै भान्जाको हत्या गर्ने नारायण भुल पक्राउ

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ सिल्लेगाडामा एक पुरुषले भान्जा नाता पर्ने एक किशोरको हत्या गरेका छन् ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ सिल्लेगाडाका १८ वर्षीय नारायण भुलले आफ्नै भान्जा नाता पर्ने अन्दाजी १५ वर्षीय महेश भुलको टाउकोमा हतौडाले प्रहार गरि हत्या गरेको अखिल बैतडीका नेता भुवन कार्कीले जानकारी दिनुभयो ।

हत्या गर्ने नारायण भुललाई प्रहरीले पक्राउ गरेको बताइएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको छ । थप विवरण प्राप्त हुने क्रममा रहेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?