दार्चुला । बझाङमा एकैदिन ४ जनाको मृत्यु भएको छ। ती मध्ये २ जनाको भीरबाट लडेर मृत्यु भएको हो।
भिरबाट लडेर मृत्यु हुनेमा तल्कोट गाँउपालिका वडा नम्बर १ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले बताउनुभयो ।
तल्कोट गाउँपालिका वडा नम्बर १ को ओखरे भीरबाट २ सय ५० मिटर लत खस्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। वैशाख ३ गते घरबाट सुर्मा गाँउपालिकाको धानसेरी जानका लागि हिँडेका दुवैैजना सम्पर्कमा नआएपछि खोजी गर्दा आइतबार राति दुवै जनाको शव भेटिएको थियो।
यस्तै, आइतबार जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारीलका ४८ वर्षीया गालु बोहराको चट्याङ लागेर मृत्यु भएको छ। जंगलमा दाउरा काट्न गएका बोहराको चट्याङ लागेर मृत्यु भएको आफन्तले बताएका छन्।
आइतबार नै दुर्गाथली गाँउपालिका वडा नम्बर ३ रकैलकी ११ वर्षीया बालिका अनीता दमाई मृत अवस्थामा फेला परेकी छिन्। घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिकारुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया