टी–२० क्रिकेटमा कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक

दार्चुला । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

प्रतियोगिताको चौथो खेलमा कुशल ४६ बलमा ६२ रन बनाएर आउट भए । उनले एक छक्का र आठ चौका प्रहार गरे । कुशललाई १४ ओभर तीन बलमा नेदरल्याण्ड्सका भिभियान किङ्गमाले आउट गरे ।

प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । यही शृङ्खलाबाट टी–२० क्रिकेटमा डेब्यू गरेका कुशलले पहिलो खेलमा नेदरल्याड्सविरुद्ध ६२ रन र दोस्रो खेलमा मलेसियाविरुद्ध अविजति ६१ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?