नेपालले मलेसियालाई ६९ रनले हरायो, उपाधिका लागि नेदरल्याण्ड्ससंग खेल्ने

दार्चुला । त्रिदेशीय ट्वान्टी ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले मलेसियालाई ६९ रनले हराएको छ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय ४८ रन मात्रै बनाउन सक्यो ।

मलेसियाका लागि अमिनुद्दिम राम्लीले सर्वाधिक ४१ रन बनाए । नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले तीनरतीन विकेट लिए । सुशन भारीको नाममा एक विकेट रह्यो । आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कमलसिंह ऐरीले पहिलो खेलमै तीन विकेट लिँदै करियरको उत्कृष्ट सुरुवात गरेका छन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १७ रन बनायो । नेपालका करण केसीले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए । यस्तै आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल भुर्तेलले १६, विनोद भण्डारीले आठ र सोमपाल कामीले दुई रन बनाए ।

कुशल मल्ल १९ रनमा नटआउट रहे । नेपालले आज बनाएको दुई सय १७ रन अन्तर्राष्ट्रिय टी(ट्वान्टी क्रिकेटकै दोस्रो धेरै रन हो । यसअघि सन् २०१९ को साग गेममा नेपालले भुटानसँगको खेलमा बनाएको दुई सय ३६ रनको स्कोर अहिलेसम्मकै धेरै हो । यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको नेपाल शीर्ष स्थानमा रहेको छ ।

आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । अभिनाष बोहराको ठाउँमा कमलसिंह ऐरी र साहब आलमको ठाउँमा सुशन भारीलाई राखिएको छ । कमलसिंह ऐरीले टी ट्वान्टीमा डेब्यु गरेका छन् । आजको खेलबाट सन्दीप लामिछानेले टी ट्वान्टी क्रिकेटमा एक सय खेल पूरा गरेका छन् ।

उनी टी ट्वान्टी खेलमा सतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपालले अघिल्लो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ भने मलेसिया बाहिरिसकेको छ । उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स पर्सि ११ गते खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?