दार्चुला । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटी बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ। शुक्रबार बसेको बैठकले २६४ सदस्यको जिम्मेवारी बाँडफाँड गरेको हो।
नेकपा एमालेका नेता विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो।
जसअनुसार एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई दिइएको छ। तत्कालिन माओवादीबाट एमालेमा समाहित हुनुभएका भट्टलाई उद्योग वाणिज्य विभाग प्रमुख, इन्चार्ज नेपाल उद्योग व्यवसाय महासंघ तथा सम्बद्ध संगठनहरुको जिम्मेवारी दिइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिह ठगुन्नाले सामान्य प्रशासन विभाग, सुदूरपश्चिम सह–इन्चार्ज र दार्चुला जिल्लाको इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । सुदूरपश्चिमका आठ जिल्लामा माधव नेपाल समुहले समानान्तर कमिटी गठन गरेपनि दार्चुलाबाट निर्वाचित ठगुन्नाको गृह जिल्लामा अहिलेसम्म एमालेको समानान्तरक कमिटी समेत गठन भएको छैन् ।
सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी कर्ण थापालाई दिइएको छ। यस्तै यस्तै नारदमुनी रानालाई सुदूपश्चिम प्रदेश सह–इन्चार्ज तथा कैलाली जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ।
वनमन्त्री रहेका प्रेम आलेलाई वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। भने, महेश्वर पाठकलाई सुदूरपश्चिम प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ।
सुदूरपश्चिम प्रदेशका सचिव रहेका राजेन्द्र रावलललाई डडेल्धुरा जिल्लाको इन्चार्ज तोकिएको छ। यस्तै लालबहादुर थापा बाजुरा, निरुदेवी पाल कञ्चनपुर, पुरनसिंह दयाल बैतडी, गौरी ओली डोटी, झपट बोहरा अछाम, भैरव सिंह बझाङ जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ। यसैगरी एमालेले दीपक देवकोटा लीला भण्डारीलाई कैलाली जिल्लाको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ।
बैठकले माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत् राखेपनि परिभाषित जिम्मेवारी दिइएको छैन।





प्रतिक्रिया