सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षा स्थगित

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित गरिएका छन्।

विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका र यही वैशाख १६ गतेबाट सञ्चालन गरिने भनिएका स्नातक तहका परीक्षाहरु स्थगित गरिएको बताएको हो।

विश्वविद्यालयका केही विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ।

कोरोना सङ्क्रमणको जोखिमकाबीच पनि विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै शनिबार विद्यार्थी सङ्गठनहरुले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी समेत गरेका थिए।


यो पनि पढ्नुहोस : परीक्षा लिन लागेपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?