३८ प्रतिशत ‘म्याग्नाइट आइरन, चार महिनामा प्लान्ट सञ्चालन गर्न सकिने

दार्चुला । बैतडीमा भेटिएको दोस्रो फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुष्टि भएको छ । फेला परेको फलाम खानी क्षेत्रमा बिजुली र बाटो पु¥याउँन सके चार महिनामै उद्योग प्लान्ट स्थापना गर्न सकिने कम्पनीले दाबी गरेको छ ।

खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्राईभेट लिमिटेडले फलाम खोज तथा अनुसन्धान गर्दा गत चैतमा बैतडीको सिगास गाउँपालिका–१ सुगरखालको लुहारपानीमा फलामखानी भेटिएको हो ।

माईन बिछ्याएर फलाम खोज तलास गर्दा ३८ प्रतिशत म्याग्नाईट आईरन भेटिएको कम्पनीका अध्ययन टोली सदस्य मनदीप पौडेलले बताउनुभयो । म्याग्नाइट आईरनमा पाईने ‘म्याग्नाइट ओर’ स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।

बैतडी–बझाङको जयपृथ्वी मार्गको बिन्द्रावनबाट तीन किलोमिटर दक्षिणमा फलाम खानी रहेको छ । फलामखानीबाट करिब ११ किलोमिट दूरीमा पर्ने पाटन नगरपालिका–८, खोड्पेसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ ।

पौडेलले भन्नुभयो, “ अध्ययनको ८० प्रतिशत काम सकिएको छ । परीक्षणका लागि उत्खनन् गरिएको म्याग्नाइटमा औसातमा ३८ प्रतिशत फलाम भेटिँदा हामी उत्साहित भएका छौं । तर, खानी उत्खनन गरेर प्लान्ट स्थापना गर्नुअघि आवश्य भौतिक पूर्वाधार बाटो, बिजुली र खानेपानी छैन । सरकारले पहल चाल्ने हो भने बिजुली पनि टाढा छैन । बाटो त जम्मा तीन किलोमिटर मात्रै खन्नुपर्छ ।”

फलाम खानी उत्खनन अघि आवश्यक भौतिक पूर्वाधारका निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरिएको कम्पनीका श्याम अधिकारीले बताउनुभयो ।

अधिकारीले भन्नुभयो, “ बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ । तीन किलोमिटर सडक र ११ किलोमिटर टाढा रहेको बिजुली फलाम खानीसम्म पु¥याउन सके चार महिनामै प्लान्ट स्थापना गर्न सकिन्छ । प्लान्ट स्थापना गर्न पाँच मेघावाट बिजुली आवश्यक पर्ने देखिएको छ । त्यसका लागि सरकारले बिद्युत लाईन बिस्तार गर्न पहल गरिदए छिट्टै प्लान्ट स्थापना गर्ने छौं ।”

फलाम खानी भेटिएको आसपासकै क्षेत्रबाट चमेलिया जलुबिद्युतको ३० मेघावाट बिजुलीका तार सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरीया लगेर बैतडी जिल्लाका लागि हालः तीन मेघावाट बिजुली प्रदान गरिएको छ ।

फलाख खानीको प्लान्टलाई अवश्यक पर्ने पाँच मेगावाट बिजुलीका लागि तीन मेघावाट क्षेमताको बिद्युतका उपकरणले धान्न नसक्ने भएकोले यो विषयमा प्रदेश सरकार र केन्द्र सरकारले चमेलियाको बिजुली के कसरी दिन सकिन्छ भन्ने विषयमा सर्वे गरेर निर्णय गर्नुपर्ने कम्पनीले बताएको छ ।

फलाम खानी सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले आवश्यक सहयोग र सहजीकरण गरिदिन कम्पनीले प्रदेश वन मन्त्रालय र सङ्घीय वन मन्त्रालयलाई अनुरोध पत्र पठाए पनि कुनै लिखित जवाफ आइनसकेको कम्पनीले बताएको छ ।

फलामखानी सञ्चालनमा आए स्थानीय र प्रदेश स्तरमा रोजगारी सिर्जना हुने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिं धामीले बाउनुभयो । फलामखानी अध्ययन गर्न आएको टोलीलाई स्थानीय सरकारले सक्दो सहगोग गरिरहेको धामीले बताउनुभयो । -गोरखापत्र

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?