दार्चुला । कञ्चनपुरबाट दार्चुला आउदै गरेको जन्ती बोकेको जीप दुर्घटना भएको छ । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ घट्टेघाट खोलामा दुर्घटना भएको जीपमा सवार ११ जना घाइते भएका छन्।
कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि हिँडेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
उक्त दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ जना सवार रहेको उक्त जिपमा ११ जना घाइते रहेको बताइएको छ।
प्रहरीका अनुसार अहिले उद्धार भइरहेको छ। थप विवरण आउन बांकि छ।





प्रतिक्रिया