सुदूरपश्चिम र त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

दार्चुला । त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ ।

सोमवार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको त्रिविले जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति निकाल्दै देशका विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा हुने भएपछि त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर तहका सञ्चालित भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका वार्षिक तथा सेमेस्टर प्रणालीका विभिन्न परीक्षा स्थगित गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।

यसअघि आइतवार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

यसअघि सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु समेत स्थगित गरिएका छन्।

विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका र यही वैशाख १६ गतेबाट सञ्चालन गरिने भनिएका स्नातक तहका परीक्षाहरु स्थगित गरिएको बताएको हो।

विश्वविद्यालयका केही विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ।

कोरोना सङ्क्रमणको जोखिमकाबीच पनि विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै शनिबार विद्यार्थी सङ्गठनहरुले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी समेत गरेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?