कोरोना जोखिम बढ्दै, प्रमुख जिल्ला अधिकारीविहीन बैतडी

दार्चुला । बैतडी प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीविहिन भएको छ।

निवर्तमान प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी सरुवा भएर गएपछि अहिले बैतडी प्रमुख जिल्ला अधिकारी विहिन भएको हो। यस्तै जिल्लामा सहायक प्रमुख जिल्ला अधकारी पनि छैनन्।

कोभिडको दोस्रो लहर भयाभह रुपले बढीरहेका बेला जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहने प्रमुख जिल्ला अधिकारी जिल्लामा छैनन्। गृहमन्त्रालयबाट निवर्तमान प्रमुख जिल्ला अधिकारी जोशीको नाममा बैशाख १२ गतेको रमाना पत्र भएपनि गत चैत ३१ गतेनै उनी जिल्लाबाट गएका थिए।

काम विशेषले विदा मागेर उनी चैत ३१ गते घर गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी जोशीलाई रुपन्देही सरुवा गरेको थियो। रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जोशीलाई गृहमन्त्रालयले खटाएकोमा जोशीको ठाउँमा गृहमन्त्रालयबाट राजेन्द्रदेव पाण्डे प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी आउने भनिएपनि उहाँ अहिलेसम्म आउनुभएको छैन ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार गृहमन्त्रालयबाट नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनलागेका पाण्डेय १७ गते मात्रै हाजिर हुने बताइन्छ। अहिले जिल्ला प्रशासनका प्रशासकिय अधिकृत एवम् सूचना अधिकारी खगेन्द्र भारती निमित्त प्रजिअले गर्ने कामकाजहरु गरिरहनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी नभएपनि कामकाजमा कुनै समस्या नभएको उहाँले बताउनुभयो । कोभिड संक्रमण बढीरहेको अवस्थामा स्थानीय सरकारसँग समन्वय गर्ने लगायत अन्य सेवा प्रवाहको सन्दर्भमा कुनै समस्या नभएको उहाँले बताउनुभयो ।

सेवा प्रवाह नरोकिएपनि महामारी बढीरहेको बेला प्रमुख जिल्ला अधिकारी नै जिल्लामा नहुनुले महत्वपूर्ण निर्णय हुन सकिरहेका छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?