आईपीएलमा आज दुई खेल

दार्चुला । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदैछ ।

दिल्लीमा हुने पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बई र राजस्थानबीचको खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

आज मुम्बई तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ ।

मुम्बई पाँच खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

राजस्थान पनि तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।

राजस्थान ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

दुई टिमबीचको पछिल्लो पाँच खेलमा राजस्थानले ४ खेल जितेको छ । मुम्बईले एक खेल मात्र जितेको छ ।

अहमदाबादमा हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइटराईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिल्ली र कोलकत्ताबीचको खेल साँझ ७: ४५ बजे सुरु हुनेछ ।

दिल्ली पाँचौ जित निकाल्ने योजनामा हुनेछ ।

दिल्लीले ६ खेलमा ८ अंक जोडेको छ ।

दिल्ली तेस्रो स्थानमा रहेको छ ।

कोलकत्ता तेस्रो जितको खोजीमा हुनेछ ।

पाँचौ स्थानको कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ ।

दुई टिमबीचको पछिल्लो पाँच भेटमा दिल्लीले ४ खेल जित्दा कोलकत्ताले १ खेल जितेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?