बैतडीका २४ स्वास्थ्यकर्मीमा कोरोना पुस्टि

दार्चुला । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन्।

सङ्क्रमणको दोश्रो लहर फैलिएपछि बैतडीमा हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुस्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुस्टि भएको छ।

यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसीआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झुलाघाट हेल्थडेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एक र बैतडी प्लसमा कार्यरत एक स्वास्थ्यकर्मीमा सङ्क्रमण पुस्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ।

सङ्क्रमण पुस्टि भएका स्वास्थ्यकर्मीको अवस्था गम्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका प्रमुख भट्टले बताउनुभयो । कोरोना सङ्क्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सङ्क्रमित हुनथालेपछि समस्या भएको छ।

बैतडीमा दोस्रो लहरको सङ्क्रमणपछि १८८ मा सङ्क्रमण पुस्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ। कोरोना सङ्क्रमण तीव्र रुपले फैलिरहेकाले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न स्वास्थ्य कार्यालयले आग्रहसमेत गरेको छ।

यसैबिच कोरोनाका कारण मृत्यु भएका बैतडीका युवकको सम्पर्कमा रहेका १७ जना मध्ये १४ जनामा कोरोना पुष्टि भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको कोरोना कारण यही वैशाख १४ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतकको सम्पर्कमा रहेका १७ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?