दार्चुलाका सात स्थानीय तहमा निषेधाज्ञा जारी, सक्रिय संक्रमित ७७ पुगे

दार्चुला । दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ स्थानीय तह रहेको दार्चुलाका सात स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेपछि कोरोना रोकथाम तथा व्यवस्थापनका लागि संक्रमित फेला परेका स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले निषेधाज्ञा जारी गरेको हो । दुई नगरपालिका र पाँच गाउँपालिकाको सिफारिसमा हालसम्म जिल्लाका सात स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिकामा आठ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण देखिएपछि सोमबार बेलुकीदेखि लागु हुने गरी दुई हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकाको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले गाउँपालिकाभरी १४ दिनका लागि निषेधाज्ञा जारी गरेको हो । गाउँपालिकामा निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु र आवतजावत बन्द गरिएको छ ।

अपिहिमालमा निषेधाज्ञा जारी भएसंगै दार्चुलाका निषेधाज्ञा जारी हुने पालिकाको संख्या पात पुगेको छ । यस अघि जिल्लाको मार्मा गाउँपालिका, महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकाको वडा नम्बर ६ मा निषेधाज्ञा जारी गरिएको छ ।

दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता ७७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जिल्लाभरी ७७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

समुदाय स्तरमा समेत कोरोना संक्रमणको दोस्रो लहर तिब्रगतिमा फैलिन थालेपछि कोरोना नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । नौँ स्थानीय तह रहेको दार्चुलाका नौगाड र दुहुँ गाउँपालिका बाहेकका सबै स्थानीय तहमा संक्रमित फेला परेपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो ।

कोरोनाको दोस्रो लहर फैलिएदेखि हालसम्म दार्चुला घर भएका दुई जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?