दार्चुला । बैतडीमा कोरोनाबाट थप जनाकोे ज्यान गएको छ ।
जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ घर भएका ४४ बर्षीय शिक्षकको कोरोना संक्रमणबाट बुधबार (आज) बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
शुक्रबार कोरोना पुष्टि भएका शिक्षकलाई मंगलबार राती मात्रै जिल्ला अस्पातल बैतडीमा पुर्याएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले बताउनुभयो
कोरोना संक्रमित शिक्षकको शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले मृत्यु भएको डाक्टर जोशीले बताउनुभयो ।
यसअघि पनि बैतडीमा यही वैशाख १४ गते दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकका ३२ बर्षीय पुरुषको कोरोनाका कारण डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।





प्रतिक्रिया