सुदूरपश्चिम सरकारले फिर्ता माग्यो पहाडी जिल्लाका अस्पतालबाट भेन्टिलेटर

दार्चुला । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको छ।

जनशक्ति अभावमा सञ्चालनमा नआएका भन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ।

जनशक्ति अभावमा चलाउन नसकेका अस्पतालबाट भेन्टिलेटर फिर्ता दिन पत्राचार भएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनुभयो ।

‘दार्चुलासहित पहाडका ६ जिल्ला अस्पताललाई १०/१० बेडको आइसियु र २/२ ओटा भेन्टिलेटर दिएका थियौं, कतै कर्मचारी छैनन्, पोहोर तालिम दिएका कतिले छोडेर सञ्चालनमा नआएका भन्टिलेटर फिर्ता मागेका छौं,’ उहाँले भन्नुभयो ।

मन्त्री सुवेदीले बिहीबारसम्म चार अस्पतालबाट भेन्टिलेटर फिर्ता दिने खबर प्राप्त भएको बताउनुभयो। फिर्ता आएका भेन्टिलेटर सेती प्रादेशिक अस्पतालमा जडान गरिने उहाँले बताउनुभएको छ ।

प्रदेशका दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र बाजुराका जिल्ला अस्पतालमा २/२ भेन्टिलेटर छन्। ती प्रयोगमा छैनन्। उपकरण चलाउन सक्ने आवश्यक जनशक्ति नभएर सञ्चालन गर्न नसकिएको ती अस्पतालले जनाएका छन्। दार्चुलामा भने जिल्लामै भएको जनशक्तिले तालिम लिएर भेन्टिलेटर चलाउने प्रयास गरेको बेला फिर्ता माग गरिएको भन्दै आलोचना भएको छ ।

अहिले सेती प्रादेशीक अस्पतालमा १०, टीकापुर अस्पताल ७, महाकाली अस्पतालमा ६ र डडेल्धुरा अस्पतालमा ६ ओटा भेन्टिलेटर चालु अवस्थामा छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?