सर्पले टोक्दा डिलासैनीमा एक बालकको मृत्यु

दार्चुला । बैतडीमा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ ।

डिलाशैनी गाउँपालिका वडा नम्बर ५ बिनाबस्तीका १३ बर्षीय पवन जोशीको सर्पको टोकाईबाट ज्यान गएको हो ।

आफ्नै पसलमा बिहीबार साँझ लिपपोत गर्नका लागि कोयो समात्ने क्रममा कोयोमा लुेकेको सर्पले जोशीलाई टोकेको स्थानीय यज्ञराज भट्टले बताउनुभयो ।

सर्पले बालकलाई टोकेपछि स्थानीयस्तरमै जडीबुटी सहित उपचार गरेपनि उनको बिहीबार साँझै निधन भएको हो ।

जोशी कफालाशैनी मावि पूजारीगाउँमा कक्षा ८ मा अध्ययनरत थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?