एकैदिन बैतडीका ७७ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ४३६ पुग्यो

दार्चुला । बैतडीमा एकैदिन ७७ जनामा कोरोना कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षण, जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण एकैदिन शुक्रबार ७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

एन्टीजेन विधिबाट परीक्षण गर्दा सुर्नया गाउँपालिका ५ का २८ बर्षीय २ जना पुरुष, पुर्चौंडी नगरपालिका ६ का २२,३३ र ४५ वर्षीय पुरुष, पाटन नगरपालिका ५ का ५० बर्षीय पुरुष, मेलौली नगरपालिका २ का ४० बर्षीय पुरुष र दशरथचन्द नगरपालिका ६ का २५ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

जिल्ला अस्पातल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिका १७ महिला र १६ पुरुष गरी थप ३३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ३५ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक लगायतका ३५ जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार थप ७७ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या ४३६ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २२८ जना, पाटन नगरपालिकामा ७८ जना, पुर्चौंडी नगरपालिकामा ३४ जना र मेलौली नगरपालिकामा २३ जना रहेका छन् ।

पञ्चेश्वर गाउँपालिकामा ३० जना, शिवनाथ गाउँपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा १२ जना, सुर्नया गाउँपालिकामा ११ जना र सिगास गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा हालसम्म चार जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । शुक्रबार पाँच जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?