वडाअध्यक्ष बिष्ट र विद्यार्थी नेता जोशीको पहलमा कञ्चनपुरबाट विद्यार्थीलाई घर पठाइयो

दार्चुला । निषेधाज्ञाका कारण यातायात बन्द भएपछि महेन्द्रनगरमा समस्यामा परेका विद्यार्थीलाई घर पठाईएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष अजब बिष्ट र विद्यार्थी नेता शंकर जोशीको पहलमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा घर भई महेन्द्रनगरमा डेरा गरि पढ्दैँ आएका विद्यार्थीलाई घर पठाईएको हो ।

विद्यार्थी नेता जोशीको निवेदन र वडाअध्यक्ष बिष्टको सिफारिसका आधारमा लकडाउनमा अलपत्र परेका विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट सवारी पासको व्यवस्था परि घर पठाईएको छ ।

लकडाउनका कारण विद्यालय, क्याम्पस बन्द भएपछि डेरा गरि अध्ययन गर्दै आएका विद्यार्थीलाई समस्या परेपछि उनीहरुको समस्या मध्य नजर गर्दैे विद्यार्थीहरुलाई घर पठाउन प्रशासन, प्रहरी, ट्राफिक प्रहरी सहित यातायात व्यवसायीसग सहकार्य गरिरहेको जोशीले बताउनुभयो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि हालसम्म दुई चरणमा ६० विद्यार्थीलाई घर पठाइएको र अझै पनि समस्यामा परेका विद्यार्थीहरुको उद्दार तथा राहत वितरण कार्यलाई निरन्तरता दिइने जोशीले बताउनुभयो ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?