दार्चुला । बैतडीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । शनिबार एकैदिन जिल्लामा १ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
दैनिक संक्रमितहरुको संख्या बढ्दै गएको र कोरोना समुदायमा व्यापक रुपमा फैलिएको स्वास्थ्य कार्यालयका बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो।
पछिल्लो समयमा जिल्लको दशरथचन्द नगरपालिका र पाटन नगरपालिका कोरोनाको हटस्पट बन्दै गएका छन । एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ जना र पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
एन्टीजेन विधिबाट परीक्षण गर्र्दा बझाङको बित्थडका ५८ बर्षीय पुरुष, दशरथचन्द नगरपालिका ६ का १४ र २० बर्षीय महिला, सुर्नया गाउँपालिका ४ का १९ बर्षीय पुरुष र मेलौली नगरपालिका २ का ५८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा पाटन नगरपालिकाका ५२, पञ्चेश्वर गाउँपालिकाका ३६, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका ८-८ र दशरथचन्द नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ ।
शनिबार थप १ सय ११ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या ५४३ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २ सय ३१ जना, पाटन नगरपालिकामा १ सय २९ जना, पुर्चौंडी नगरपालिकामा ३४ जना र मेलौली नगरपालिकामा २३ जना रहेका छन् ।
यस्तै पञ्चेश्वर गाउँपालिकामा ६६ जना, सुर्नया गाउँपालिकामा २० जना, शिवनाथ गाउँपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा १२ जना र सिगास गाउँपालिकामा ९ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार बैतडीमा २ जनाले कोरोना जितेका छन् ।





प्रतिक्रिया