दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले कोरोना संक्रमित भएका बिरामीलाई नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।
शनिबार (आज) बसेको नगरकार्यपालिकाको बैठकले नगरपालिकामा कोरोना संक्रमितको संख्या बढीरहेकोले गम्भीर खालका कोरोना संक्रमितलाई नि:शुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो ।
कोरोना संक्रमित भइ उपचारका लागी जिल्ला बाहिर जानु पर्ने बिरामीहरुलाइ नि:शुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरिएको नगरप्रवक्ता पुष्करराज जोशीले बताउनुभयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणलाई नियन्त्रण एवं व्यवस्थापन गर्न नगरपालिकासंग हाल उपलब्ध रहेका सबै सवारी साधनलाई आवश्यकता अनुसार प्रयोग गर्ने पनि निर्णय गरिएको छ ।
त्यस्तै बैठकले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत नगरपालिकाभित्र ५० बेडको आइसोलेशन निर्माण गर्ने निर्णय पनि गरिएको नगरप्रवक्ता जोशीले बताउनुभयो ।
यस्तै बैठकले नगरपालिका अन्तरगतको कृषि शाखा प्रमुख पुष्पा अवस्थीका श्रीमान लोकेन्द्र जोशीको निधनप्रति १ मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।





प्रतिक्रिया