दार्चुला । शनिबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा १४११ नमूना पीसीआर तथा ४७० नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १८८१ नमूना परीक्षण गर्दा ७५६ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
पीसीआर विधिबाट परीक्षण गर्दा ६८६ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जना संक्रमित फेला परेका छन्।
सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी, र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४११ जनाको नमूना परिक्षण गर्दा थप ६८६ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १०३५ नमूना परीक्षण गर्दा ४९३ जना, डडेल्धुरा अस्पतालमा ९८ नमूना परीक्षण गर्दा ३९ जना, डोटी अस्पतालमा १३ नमूना परीक्षण गर्दा ८ जना, बैतडी अस्पतालमा १८८ नमूना परीक्षण गर्दा १०२ जना, र अछामको कमलबजार अस्पतालमा ७७ जनाको नमूना परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८१ हजार २६० नमूना परीक्षण गर्दा २३ हजार १०३ जनामा संक्रमण फेला परेको छ।
प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ६८१ जनाले कोरोना जितेका छन् भने, १९० जनाको मृत्यु भएको छ।
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, १०८ जना संक्रमित निको भएका छन्।
मृत्यु हुनेमा कञ्चनपुरका २ जना, कैलालीका ८ जना, बझाङ्गका २ जना, अछामका १ जना, दार्चुलाका २ जना र बैतडीका १ जना रहेका छन्।





प्रतिक्रिया