एसइई र कक्षा १२ को परीक्षा स्थगित

दार्चुला । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निर्णय गरेको बोर्डका अध्यक्ष डा. पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?