दार्चुला । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कैलाली, कञ्चनपुर, बाजुरा, डोटी र बैतडीका गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार कैलालीका सबैभन्दा धेरै ८ जना, कञ्चनपुरका ५ जना, बाजुराका २ जना र डोटी तथा बैतडीका १र१ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै २४ घण्टामा प्रदेशभर ६८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४४१ जनाको परीक्षण गर्दा ६८९ जनामा संक्रमण देखिएको हो ।





प्रतिक्रिया