डोटीमा जेठ १५ गतेसम्म थपियो निषेधाज्ञा

दार्चुला । डोटीमा जारी निषेधाज्ञा लम्बिएको छ। कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बैशाख २१ गतेदेखि लागू गरिएको निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको हो।

निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द रहनेछन्।

अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ। बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

जिल्लामा अब खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरु बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म र साँझ ५ बजे देखि ७ बजे सम्म मात्रै खोल्न पाइने छ। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउनेछन्।

यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारवाही हुने चेतावनी दिइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?