बैतडीमा थप १३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८५७ पुग्यो

दार्चुला । बैतडीमा थप १३९ जनामा कोरोना पुष्टि भएको छ । बिहीबार र शुक्रबार प्राप्त पीसीआर प्रयोगशालाको रिपोट अनुसार थप १३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

थप १३९ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या ८५७ पुगेको छ ।

पछिल्लो विवरण अनुसार दशरथचन्द नगरपालिकाका ४८, पाटन नगरपालिकाका ४७, दोगडाकेदार गाउँपालिकाका १८, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका १०/१०, पुर्चौंडी नगरपालिकाका ४, दार्चुला र नुवाकोटका एक/एकजनामा कोरोना पुष्टि भएको हो ।

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमति दशरथचन्द नगरपालिकामा ३७१ जना, पाटन नगरपालिकामा २०९ जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौैंडी नगरपालिकामा २२ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६६ जना, सिगास गाउँपालिकामा ४७ जना, सुर्नया गाउँपालिकामा ३५ जना, दोगडाकेदार गाउँपालिकामा ३४ जना र डिलाशैनी गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बैतडीमा अन्य जिल्लाका १४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार १५ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?