सुदूरपश्चिममा थप ९६४ जनामा कोरोना पुष्टि, ३० को मृत्यु, २१३ निको भए

दार्चुला । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरेर सुदूरपश्चिममा कूल २ हजार ६ नमूना परीक्षण गर्दा ९६४ जनामा रिपोर्ट पोजेटिभ आएको छ।

एक हजार ५ सय ७६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८७५ जना संक्रमित भेटिएका छन् भने, ४३० जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ८९ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ९३ हजार ३१४ नमूना परीक्षण गर्दा २८ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशभर संक्रमण पुष्टि भएका १५ हजार ८ सय ५४ जनाले कोरोना जितेका छन भने, ३१७ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, २१३ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा कैलालीका १२ जना, कञ्चनपुरका ८ जना, डडेल्धुरामा ३ जना, अछाम र दार्चुलाका २/२ जना, बझाङ्ग र डोटी र बाँकेका १/१ जना गरी कुल ३० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?