बैतडीमा चरेश सहित दुईजना पक्राउ

दार्चुला । बैतडीमा प्रहरीले चरेश सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ६ शंकरपुरबाट मोटरसाइकलमा सुर्नया गाउँपालिका वडा नम्बर ५ तर्फ आउँदै गरेको अवस्थामा सुर्नयागाउँपालिका वडा नम्बर ५ रौलेश्वरका अन्दाजी ३० बर्षीय सुरेश बिष्ट र सोही ठाउँका अन्दाजी २५ बर्षीय प्रकाश बिष्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

मोटरसाइकलमा आइरहेका बेला रौलेश्वर प्रहरीचौकीको टोलीले चेकगर्दा सुरेश बिष्टले बोकेको झोलामा ७ सय ग्राम चरेश भेटिएको उहाँले बताउनुभयो ।

झोलामा चरेश भेटिएपछि सु. प. प्र. ४००१ प ००१५ नम्बरको मोटरसाइकल सहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा उहाँले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?